मलेसियामा हिमालयन फुटबल क्लबले पायो वैधानिकता

डिसी नेपाल
१२ मंसिर २०७६ १०:२३

क्वालालम्पुर । नेपाली फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानीमा नेपालीहरूद्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले वैधानिकता पाएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली फुटबल खेलाडीहरूको खेल प्रतिको मोह र प्रतिभाको बढावा दिने उद्देश्यले हिमालयन फुटबल क्लब २०१५ मा स्थापना भएको थियो । स्थापना कालदेखि नै फुटबल खेलको र खेलाडीको प्रबर्द्धन गर्न फुटबल प्रतियोगिता गराउँदै आएको हिमालयन फुटबल क्लबले मंगलबार मलेसियाको खेलकुद मन्त्रालयबाट वैधानिकता पाएको छ ।

मलेसियाका स्थानीय नेपालीसहित हाल क्लबको बोर्डमा सात सदस्यीय समिति गठन भएको छ । स्थानीय नेपालीहरूसँग भएको यो सहकार्यले वीर गोर्खालीहरूको सन्तानहरू विश्वको जुन सुकै कुनामा रहे पनि नेपालीहरूबीचको सद्भाव र देश प्रतिको माया बचाइरहने क्लबका संस्थापक  सन्तोष कार्कीले विश्वास व्यक्त गरे। साथै मलेसियामा रहेका सबै खेल प्रेमीहरूले हिमालयन फुटबल क्लबको सदस्यता लिन सकिनेछ र खेलाडीहरूले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्राप्त गर्ने संस्थापक कार्कीले बताए।

क्लबलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदैँ क्लबले क्रमश मलेसियामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउने योजनामा रहेको क्लबका उपाध्यक्ष शिव सुवेदीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *