अष्ट्रेलियामा श्रीमतीको आक्रमणमा मारिने सन्तोषको शव नेपाल पठाउन सहयाेग संकलन अभियान

डिसी नेपाल
१२ मंसिर २०७६ ११:१०

सिड्नी ।  पश्चिमी सिड्नीको ग्रानभिलमा आफन्नै श्रीमतीको आक्रमणमा मारिने  नेपाली युवा सन्तोष गौतमको शव नेपाल लैजान अहिले यहाँका नेपाली समुदायले आर्थिक संकलन अभियान चलाएका छन्।

‘गो फण्ड मि’ मार्फत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको नेतृत्वमा चलाइएको सो अभियानमा नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलिया, रूपन्देही सामाजिक सञ्जाल, ग्रानभिल नेप्लिज कम्युनिटी क्लब लगायतका नेपाली संघसंस्थाले सहकार्य गरेका छन् ।

करिब १५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने उद्देश्य राखिएको सो अभियानबाट शव नेपालमा आफन्तलाई बुझाएपछि बाँकी रहेको रकम उनको ७ वर्षीया छोरीको खातामा जम्मा गरिने एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

गएको शनिबार राति नेपाली मुलका दम्पतीबीचको झगडाले उग्ररूप लिएपछि दुखद घटना घटेको थियो । पारिवारिक विवाद चर्किदा बुटवलका सन्तोष गौतमको ज्यान नै गएको थियो भने  हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती निमा गौतम प्रहरीको नियन्त्रणमा पुगेकी थिईन्

उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थि । केहीसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति आएको थियो। निमाले सन्तोषमाथी  धारिलो हतियार प्रहार गरेको बताइएको छ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार शनिबार बेलुका ग्रानभिलको घरमा झगडा भएपछि घाईते भएका ३४ वर्षका सन्तोषलाई पारामेडिक्सले प्राथमिक उपचार गरेपछि स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचारका लागि सोही अस्पतालमा उपचारपछि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले यस घटनालाई घरेलु हिंसाको रुपमा अनुसन्धान गरिरहेको छ । घटनापछि निमालाई स्थानीय पारामाटा अदालतमा हत्याको मुद्दा दायर गराइएको छ । 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *