अस्पतालबाट चिकित्सकलाइ पक्राउ गरिनु गैर कानूनी : चिकित्सक संघ (विज्ञप्ति सहित)

डिसी नेपाल
१२ मंसिर २०७६ १८:०८

बलात्कार प्रयासको आरोपमा प्रहरीको हिरासतमा रहेको मेडिसिटीका चिकित्सकलाइ पक्राउ गरिनु गैर कानूनी भएको भन्दै नेपाल चिकित्सक संघले अभिलम्ब रिहाईको माग गरेको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै संघले अस्पताल जस्तो संवेदनशिल क्षेत्रबाट विरामि चेकजाँच गरिरहेको बेला चिकित्सकलाइ विना कुनै अनुसन्धान पक्राउ गरी हिरासतमा लिनुलाई गैर कानूनी भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकी अपराध संहिताको दफा २३१,२३२,२३३ र २३८ बमोजिम कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदसीय अनुसन्धान समिति गठन गर्ने व्यवस्था भएको व्यहोरा जानकारी गराइन्छ । साथै उक्त अनुसन्धान समितिले कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखि पठाउने व्यवस्था गरी परिर्माजन भएको व्यहोरा जानकारी गराइन्छ। ”

यस, अघि मेडिसिटीमा कार्यारत चिकित्सकलाई उपचारको लागि आएकी एक महिलाले संवेदनशिल अंगमा हात राखी बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *