मलेसियामा मेसिनले च्याप्दा हात गुमाएका दिपकको स्वास्थ्यमा सुधार 

डिसी नेपाल
१३ मंसिर २०७६ १०:३४

क्वालालम्पुर । मलेसियाको मलकामास्थित वाइ एच आई म्यानुफ्याक्चरिङ कम्पनी काम गर्ने क्रममा यही नोभेम्बर २६ तारिख राति मेसिनले च्याप्दा दायाँ हात गुमेका दिपक शाह तेलीको स्वास्थ्यमा सुधार भइरहेको छ ।

दिपक अहिले उठबस गर्न, दिसापिसाब जान र खाना खान सक्ने भएका छन् । उनको उपचारमा कम्पनीले नै सबै खर्च बेहोरिरहेको र हेरचाहरको लागि दैनिक एक जनालाई खटाएको उनका सहकर्मी सूर्य घर्तिले जानकारी दिए।

घटना भएको भोलि पल्ट नै घटनाको बारेमा बुझ्न नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढा घटनास्थल पुगी घाईते भएका दिपक, वाई एच आई कम्पनीको एचआर र उपचारमा संलग्न डक्टरसँग भेटेका थिए।

घाइतेको लागि राहत तथा सुविधाको विषयमा दुतावासको तर्फबाट प्रस्ताव गरे पनि उक्त कम्पनीको डाइरेक्टर सिंगापुरमा रहेकोले डाइरेक्टर आएपछि फेरी कम्पनी र नेपाली दुतावास बिच बैठक हुने छ। यसै क्रममा कम्पनीको काम गर्ने स्थान तथा बस्ने होस्टेलको पनि निरीक्षण गर्दा सबै ठाउ सामान्य नै रहेको जनसम्पर्क अधिकृत बुढाले जानकारी दिए ।

दिपकले उक्त कम्पनीमा ३ वर्षे करार अवधि भन्दा ६ महिना बढि काम गरेको भए पनि नेपाल सरकारको नियम अनुसार ४ वर्ष सम्मको बिमा करार अवधि रहने भएकोले उनले नेपालमा पनि बिमा वापतको रकम पाउने छन् । साथै कम्पनीबाट पाउने सुविधा र राहतको विषयमा दुतावासले पहल गरिरहेको र कम्पनी त्यस विषयमा सकारात्मक रहेको पनि नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मगरले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *