मलेसियाको पेनाङमा अवैधानिक नेपालीहरूलाई दूतावासले सेवा दिने

डिसी नेपाल
१३ मंसिर २०७६ १२:१८

मलेसिया । नेपाली राजदूतावास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरूलाई दूतावासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिसेम्बर महिनाको १ तारिक आइतबारको दिन मलेसियाको पेनाङ्ग राज्यमा यात्राअनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने भएको छ।

मलेसिया सरकारले अवैधानिक विदेशी श्रमिकहरूलाई आममाफी दिई स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’को लागु गरेको छ । सोही कार्यक्रमलाई लक्षित गरि पेनाङमा  यात्रा अनुमतिपत्र सेवाहरू प्रवाह गर्न लागेको दूतावासले जनाएको छ ।

मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा  लिइरहेका छन् । यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ।

सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।

जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय  र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *