पोखरामा बिहीबारदेखि आर्चरी, पाकिस्तान पनि सहभागि नहुने

डिसी नेपाल
१८ मंसिर २०७६ २०:३५

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मङ्गलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

उनका अनुसार नेपालसहित भूटान, श्रीलङ्का र बङ्गलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भूटानका नौ खेलाडी प्रतियोगितामा सहभागी हँुदैछन् । तीन देशका १६÷१६ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको बिहीबार बिहान उद्घाटनपश्चात ¥याङकिङ राउण्ड शुरु हुने भएको उपाध्यक्ष थकालीले बताए । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले ¥याङकिङ गर्ने भएको छ । विश्व आर्चरी महासङ्घबाट प्रतिबन्ध (सस्पेन्स) भएको भारत १३औँ सागमा सहभागी नहुने भएको छ ।

राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकाले हाल आफूहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताए ।

पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणका लागि ठाउँ अभाव भएको हो । आर्चरी यही मङ्सिर २३ गतेसम्म हुने खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकका लागि फाइनल खेल हुनेछ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ । सहभागी देशका खेलाडीले आज प्रतियोगितास्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षणसमेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *