समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: पूर्वप्रम भट्टराई

डिसी नेपाल
१८ मंसिर २०७६ २१:५८

दमौली । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो ।

नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले जोड दिए । उनले विकासको सवालमा राजनीति नगरी सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *