पुराना धरोहरको संरक्षण गर्ने सके पर्यटन विकासले गति दिन्छ भन्ने उदाहारण गोवा

डिसी नेपाल
१९ मंसिर २०७६ १०:२३

काठमाडौं। पर्यटन प्रवद्र्धन र विकासका लागि ठूला ठूला काम नै गर्नुपर्छ भन्ने छैन। आफूसँग भएका पुराना धरोहरको संरक्षण र त्यसको नविनतम प्रस्तुती गर्न सक्ने हो भने पर्यटन विकासले तिब्र गति लिन्छ भन्ने गतिलो उदाहरण हो दक्षिण भारतको गोवा शहरलाई हेरे पुग्छ।

समुद्री तटमा अवस्थित गोवा शहर लामो समय पोर्चुगलको उपनिवेश खेपेर पनि जिवित छ। भारतीय अर्थतन्त्रमा पर्यटनको माध्यमबाट महत्वपूर्ण योगदान पनि दिँदै आएको छ। अझ यसले उपनिवेशकालिन पुराना संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनका लागि सजाएर राखेको छ।

मनोरम दृश्य हेर्नका लागि बर्षेनी लाखौं विदेशी पर्यटक गोवा पुग्ने गर्दछन्। युरोपमा जस्तै गरि समुद्रको वरपर बनाइएका संरचना, क्रुज, क्रुज भित्र नै बनाइएको डान्स, बार, क्यासिनो सहित को अध्याधुनिक शैली र व्यवस्थापनले अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिइरहेको हुन्छ।

अहिले दृष्यमा देखिएको पानीको छाल हेर्न र त्यसमा रमाउन संसारभरबाट पर्यटकहरु आउने गर्दछन्। हिमाल क्षेत्रका हामीलाई समुद्रको स्वाद अतुलनीय छ। यसमा गोवा नगरले गरेको व्यवस्थापनको काम मात्रै हो। नेपालले भ्रमण बष २०२० मनाइरहँदा गोवा शहरबाट सिक्ने भनेको व्यवस्थापन हो।

यो अर्को दृश्य दक्षिण एशियाको पुरानो चर्चहरु मध्येको एक हो। तात्कालीन समयमा हिन्दुबहुल गोवालाई इशाई धर्मबलम्बीहरुको शहर बनाएपनि अहिले गोवा नगरले यी गिर्जाघरलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा सजायर राखेको छ। यस क्षेत्रमा मात्रै बर्षेनी ३० लाख बढी ईसायी धर्मावलम्बि आउने गर्दछन्। गोवाको मुख्य आकर्षण सेन्ट क्याथरीनको गिरजाघर र समुद्री तट नै हो।

गिर्जाघर निकै पुरानो हो। गिर्जाघरमा १७ औ शताब्दीको बास्तुकला सौन्र्दय कोरिएको छ। समुद्र शयर तथा समुद्रको किनारा मनोरञ्जन लिने दृष्टिकोणबाट विश्व प्रसिद्ध भएका गोवा पहिलो गोवामाथि झण्डै ४ सय ५० बर्ष सम्म पार्चुगलीहरुले शासन गरे। सन् १९६१ देखि मात्रै यो क्षेत्र भारतको नियन्त्रणमा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *