घुस लिएकाे आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए

डिसी नेपाल
२० मंसिर २०७६ १३:५८

काठमाडौँ। घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई गृह मन्त्रालय तानिएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको जानकारी दिए। ‘उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ। उहाँले विहानै जिल्ला छोडिसक्नु भयो। अहिले सहायक प्रजिअलाई नै कायम मुकायम ताेकिएकाे छ। नयाँ पठाउनलाई केही समय लाग्छ हाेला,’ प्रवक्ता शर्माले डिसी नेपालसँग भने।

प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर पनि काम गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *