पनौती ‘साक्षर नगर’

डिसी नेपाल
२० मंसिर २०७६ २२:४७

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकालाई आज साक्षर नगर घोषणा गरिएको छ । विसं २०६८ को जनगणनानुसार नगरपालिकाको ४५ हजार ५७७ कुल जनसङ्ख्यामध्ये हालसम्म ४३ हजार ३२० जनसङ्ख्या(९५.०५ प्रतिशत) साक्षर गराई सो घोषणा गरिएको हो । सङ्घीय सांसद गङ्गाबहादुर तामाङले साक्षर नगर घोषणा गर्दै अब समाजमा रहेका विकृति र विसङ्गति पनि चिर्न सक्ने काम गर्न सबै मिलेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय प्रदेश नं ३ का निर्देशक चन्द्रप्रसाद लुइँटेलले अबको नागरिक पढ्न जानेर मात्रै नभई प्रविधि चलाउन जान्ने हुनुपर्ने बताए । काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले गुणस्तरीय शिक्षा पनि उत्तिकै आवश्यक रहेको बताए । ज्ञानविकास सिकाइ केन्द्रका ओमकृष्ण श्रेष्ठले सिकाइ केन्द्रका तर्फबाट साक्षर नगर घोषणा गर्नका लागि निरन्तर रुपमा १२ वटा वडामा साक्षर कक्षा सञ्चालन गरिएको बताए ।

नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बाँकी निरक्षरलाई पनि साक्षर बनाउने अभियानमा निरन्तरता दिनुपर्ने बताए । साक्षर नगर घोषणा गर्न सहयोग पु¥याउने नगरपालिका र विभिन्न सङ्संस्थाहरुलाई प्रशंसापत्र वितरण गरिएको छ । विश्वव्यापी अभ्यासअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तह, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *