अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

डिसी नेपाल
२२ मंसिर २०७६ १६:३६

मेलबर्न। अध्ययनको लागि अस्ट्रेलिया आएका  एक नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएका छन । मेलबर्नमा बस्दै आएका तनुँहका दीपेन्द्र खनाल गत डिसेम्बर २ तारिखका दिन आफ्नै घरकाे बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक दीपेन्द्र सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए।

उनलाई  बाथरुममा मृत अवस्थामा फेला पारेपछि उनका साथले प्रहरीमा खबर गरेका थिए । उनको मृत्युको आधिकारिक कारण अहिलेसम्म खुलेको छैन् । शव पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा पुर्‍याएको छ ।

घटनाबारे नेपाली दूतावासले जानकारी पाएको र आफन्तलाई आवश्यक सहयोग पुर्‍याइरहेको  उपनियोग प्रमुख द्रुपदा सापकोटाले जानकारी दिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *