साग फुटबलः नेपाल र बंगलादेशबिचको खेल सुरु

डिसी नेपाल
२२ मंसिर २०७६ १७:०२

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेल सुरु भएको छ। अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल भईरहेको छ। मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले माल्दिभ्ससँग शनिबार खेलेको टिमलाई नै मैदान उतारेका छन्।

नेपालको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।

नेपाली टिमः

विकेश कुथु,अनन्त तामाङ, छिरिङ गुरुङ, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, रेजिन सुब्बा, सुजल श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *