नेपाल भर्सेस् बंगलादेशः पहिलो हाफमा नेपालको अग्रता

डिसी नेपाल
२२ मंसिर २०७६ १७:५८

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।

सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरे ।

यस खेल निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । पराजित भए नेपाल स्वर्ण सम्भावनाबाट बाहिरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *