७३ भन्दा बढी देशमा फैलिएको इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति गठन

डिसी नेपाल
२३ मंसिर २०७६ १०:२६

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार, साहित्यकारहरुको भेलाले सर्बसम्मतबाट अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को इनास भिक्टोरिया राज्य समितिको गठन गरेको छ ।

इनासका ओसेनिया को–ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने विभिन्न विधाका कलाकारहरुको उपस्थिति रहेको थियो।

भेलाले २०१९-२०२१ का लागि सर्बसम्मंत रुपमा गठित समितिमा गौतम लामिछाने (अध्यक्ष), पार्बती पहारी (उपाध्यक्ष), बिराज थापा (उपाध्यक्ष), उज्ज्वल अधिकारी (सचिव), अनु पाण्डे (कोषाध्यक्ष) र मनोज पौडेल (प्रबक्ता) चयन गरिएको छ भने सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, इश्वरी पौडेल र कुमार महर्जन रहेका छन । ओसेनिया को-ओर्डीनेटर सुशील चालिसे संरक्षक रहनु भएको उक्त कमिटीको अब बस्ने पहिलो बैठकले आबस्यकता अनुसार संरक्षक तथा सल्लाहकारहरुको चयन गर्ने जानकारी कमिटीका अध्यक्ष गौतम लामिछानेले बताए ।

उक्त कार्यक्रममा नबगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई इनासका ओसेनिया को-अर्डिनेटर सुशील चालिसेले शपथ ग्रहण गराउनु भएको थियो । चालिसेद्धारा सम्पूर्ण कार्य समितिका पधाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना सहित प्रमाणपत्र वितरण गर्दै बिधिबत रुपमा ईनास भिक्टोरियाको कार्यभारको जिम्मेवारी सुम्पिएको थियो ।

बिश्वभर छरिएर रहेका नेपाली कलाकर्मी तथा साहित्यकर्मी र नेपाली कला, साहित्य र संस्कृतिलाई माया गर्ने गैर नेपाली कलाकारकर्मी तथा साहित्यकर्मीहरुलाई संस्थागत रूपमा एकत्रित गरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने (International Nepalese Artist Society, INAS) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको मुख्य उदेश्यलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता कार्यसमिति पदाधिकारीहरुले व्यक्त गरे ।

उक्त भेलालाइ भिडियो मेसेजबाट इनास अष्ट्रेलियाका नेसनल प्रेसिडेन्ट बिकास शर्मा पोख्रेल तथा इनास ग्लोबल कमिटीका सिनियर उपाध्यक्ष राम चन्द्र थापाबाट स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।

नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा नेपाली कलाकारहरूको हितका लागि कार्य गर्ने उद्धेस्यका साथ वरिष्ठ कलाकारद्धय नीर शाह र मीरा राणा ग्लोबल संरक्षकत्वमा कृयाशिल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ७३ भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइराखेकोमा डिसेम्बर ८ मा मेलबर्नमा भएको भेला मार्फत २०१९-२०२१ का लागि सर्बसम्मत रुपमा चयन भएकोमा ईनास भिक्टोरिया कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उल्लेख्य उपलब्धीका साथ आफ्नो कार्यकाल सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *