नेपाल उड्न ७ घण्टा मात्रै बाँकी छँदा युएईमा शुकमायाले प्राण त्यागिन्

डिसी नेपाल
२३ मंसिर २०७६ ११:१०

युएई । रोजगारीको लागि युएई आएकी एक नेपाली चेलीको ज्यान गएको छ । स्वदेश फर्कन ७ घण्टा मात्रै बाँकी रहंदा चितवन अप्तारी २ की २३ वर्षीया शुकुमाया टमाटाको ज्यान गएको हो । करिब दुई वर्षअघि यहाँ आएकी शुकुमाया शारजहाँको एक विद्यालयमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएकी थिइन् ।

उनको गत डिसेम्बर ५ तारिख बिहीबारका दिन नेपाल फर्कने टिकट थियो । उनी बुधवार साथीसँग किनमेल गर्न भन्दै मार्केट निस्केकी थिईन् । तर उनी मार्केट पुग्नेबित्तिकै अचानक बेहोस भएर ढलेकी थिइन् । अचेत अवस्थामा रहेकी उनलाई तुरुन्तै अजमान स्थित खलिफा अस्पताल पुर्याइएको थियो । उनको बिहिबार बिहान अस्पतालमै ज्यान गएको हो ।

उनी विदा सकाएर दुई महिना अघिमात्रै युएई फर्केकी थिईन् । घबाट फर्किएको केही दिनमै उनलाई मुटुमा समस्या देखिएको थियो। मुटुमा समस्या देखिएपछि डाक्टरको सुझाव अनुसार नेपालमै उपचार गराउने योजना बनाएर उनी स्वदेश फर्कन लागेकी थिईन् । मृतक शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *