कोरियामा एक नेपालीद्वारा आफ्नै घाँटी रेटेर आत्महत्या
सांकेतिक तस्बिर
सौल । दक्षिण कोरियामा एक जना नेपाली कामदारले आत्महत्या गरेका छन् ।
भाषा अनुवादक मुक्त गुरुङले दिएको जानकारी अनुसार पाल्पाका कुश बहादुर थापा (कुशल) ले आफ्नो घाँटीमा आफैँले चक्कु प्रहार गरि आत्महत्या गरेका हुन्।
गुरुङका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल फर्की पुनः कोरिया आएका थापाले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।
थापाले नोटमा ‘कुलतको ओवरडोज ले सेन्स (चेत) गुमाउँदै छु । जति दिन यो संसाररमा बाँचे खूशीका साथ र हिम्मतको साथ बाँच्न सके, इश्वरलाई करोड धन्यवाद लेखेका छन् ।
कोरियामा ख्यांगीदो पोछनको एक कम्पनीमा कार्यरत थापाले आत्महत्या गरेपछि सो कम्पनीमा कार्यरत अन्य ३ नेपाली कामदारलाई प्रहरीले सोधपुछ गरेको छ ।
सुरुमा हत्या जस्तो देखिएपनि सिसी टिभी फुटेज हेर्दा आत्महत्या नै पुष्टी भएको कोरियाली प्रहरीले जनाएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment