मलेसियास्थित नेपाली दूतावास आजदेखि बिहान ८ बजेबाटै खूल्ने
काठमाडौं । आज डिसेम्बर १६ तारिख देखि मलेसिया स्थित नेपाली दूतावास बिहान ८ बजेबाटै खूल्ने भएको छ ।
मलेसिया सरकारले अबैधानिक विदेशी नागरिकहरुलाई स्वदेश फर्कन ल्याएको आम–माफी कार्यक्रम ब्याक फर गुडलाई सहजीकरण गर्न आजबाट नेपाली दूतावास बिहानैबाट खोल्न लागिएको दूतावास स्रोतले जनाएको छ।

दूतावासले आईतबार एक सूचना जारी गर्दै सोमबारदेखि शुक्रबार सम्म बिहान ८ बजेदेखि साझ ५ सम्म, शनिबार र आईतबार पनि बिहान ९ देखि दिउँसो २ बजेसम्म खूल्ने जानकारी दिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment