जनसम्पर्क समिति इजरायलको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

डिसी नेपाल
३० मंसिर २०७६ १३:०१

इजरायल । नेपाली जनसम्पर्क समिती इजरायलको एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गत डिसेम्बर १३ तारिखका दिन तेल अभिब स्थिति यसोधामाला ४४ मा नेपालको समृद्धिमा प्रवासी नेपालीको योगदान वैदेशिक रोजगारी र चुनौतीका सम्बन्धमा नेपाली काँग्रेसको भुमिका बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाली जनसम्पर्क समिती इजरायलका सभापति खगेश्वर अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा यूवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले काँग्रेस सँधै जनताको साथमा रहेको र भावीदिनमा पनि जनताको साथमा रहने बताए ।

पौडेलले सरकारको गलत कार्यप्रति काँग्रेसले कुनै सम्झौता नगरी सदन र सडकबाट सरकारको सहि कामलाई समर्थन र गलत कामको सँधै खुलेर खबरदारी उद्घोष गरे ।

कार्यक्रममा नेपाली काँग्रेस धादिङ जिल्ला सभापति टानका पुर्व अध्यक्ष रमेश प्रसाद धमला सहभागी भएका थिए ।

जनसम्र्पक समितिका महामन्त्री राज छत्कुलीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम अर्का महामन्त्री सुर्य बहादुर रानाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी प्रवक्ता रुकमाया खानलले राखेकी थिईन् ।

कार्यक्रममा इजरायलमा रहेका राजनीतिक, सामजिक, मिडियाकर्मी, जातिय, धार्मिक साहित्यिक संघसंस्था प्रतिनिधि साथीहरु अतिथिको रुपमा रहेको थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता समाजवाद सिद्धान्तका प्रतिपादक विपी कोइरालाको तस्बिरमा माल्यार्पण गरि सांस्कृतिक बिभाग प्रमुख लाल दुरा र सहमहामन्त्री माया खनाल, सुर्य राना समिर छन्त्याल, चित्र जुग्जाली र भरत धमलाले स्वागत गीत गाउँदै अतिथी लगायत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए।

कार्यक्रममा समाजवादी पार्टीका संयोजक सुन्दर योंजन तामाङ, प्रवासी नेपाली एकता मंचका प्रतिनिधि जय ओडारी, नेपाली जनसम्पर्क समिती इजरायलका सल्लाहकार सुरेन्द्र प्रसाइ, एनआरएनए इजरायलका अध्यक्ष शान्ता अधिकारीलगाएतको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *