चीनमा नेपाली महावाणिज्यदूतको स्वागत

डिसी नेपाल
३० मंसिर २०७६ १४:४९

काठमाडौं। गैरआवासीय नेपाली संघ चीनको आयोज नामा १३ डिसेम्वर मा चीनको ग्वान्जौस्थित नेपाली महाबाणिज्य दूतवासका नवनियुत्त m महावाणिज्यदूत हरिशरण पुडासैनीको स्वागतमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ।

विगत १८ महिनादेखि रिक्त रहेको ग्वान्जौस्थित महावाणिज्य दूतावासमा महावाणिज्य दूत को पदभार ग्रहण गरेका पुडासैनीकोे सम्मानसँगै सफल कार्यकाल एवं नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेले जानकारी दिए।

सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित श्रीमती अमृता थापलाईपनि स्वागत एवं सम्मान गरिएको थियो।

विगत पन्ध्र वर्षदेखि चीनमा बसोबास गर्दैआएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संयोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलता पूर्वक पूरा गसिकेकी छन्।

ग्वान्जौस्थित नेपाली रेष्टुरेण्ट लिटल पापामा शुक्रवार साँझ ६ बजेदेखि आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं क्षेत्रीय महिला संयोजकलाई अध्यक्ष न्यौपानेले स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *