सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण

डिसी नेपाल
१ पुष २०७६ १६:३१
20
Shares

काठमाडौं । नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण बताएकी छिन् ।

नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा प्रोजेक्ट शुरु गरेको नेपालमा सर्भ सेफ फूड कार्यक्रममा बोल्दै उनले भनिन्, ‘हाम्रा स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसकारण ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य भएकाले स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हुने बताए । उनले यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा नेस्ले इन्डियाले स्ट्रीट फूड विक्रेताहरुको क्षमता वृद्धिका लागि गरेको पहल एकदम महत्वपूर्ण भएका बताएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंहले स्ट्रीट फूड विक्रेताहरुलाई निपूर्ण बनाउने महत्वपूर्ण पहल हामी नेपालमा शुरु गरिरहेका बताउदै यसले स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र स्वच्छताको बारेमा सिक्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।

नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक श्री सञ्जय खजुरिया नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ सर्भ सेफ फूड परियोजना शुरु गर्न पाउँदा खुसी भएको बताउनछन् । उनले भने, ‘सफा र सुरक्षित खानाले अधिक ग्राहकहरु ल्याउँछ, । विक्रेताहरुको जीविका सुधार गर्नुका साथै व्यवसायप्रति आत्मविश्वास बढाउन सहयोग गर्दछ’।

नास्भीकी स्ट्रीट फूड प्रोग्रामकी प्रमुख संगीता सिंहले महत्वपूर्ण उद्देश्य हासिल गर्न सम्पूर्ण सरोकारवालहरुसँग साझेदारी उत्साहित भएको बताइन् ।
प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा संचालनमा गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *