बेलायतको मुद्रास्फीति दर नोभेम्बरमा १.५ प्रतिशत कायम

डिसी नेपाल
३ पुष २०७६ ६:१२

लण्डन । बेलायतको मुद्रा स्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

बेलायतको मुद्रा स्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु-याएको बताइएको छ।

यहाँको मुद्रा स्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोवस्तीका सेवा तथा सूर्तीजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ।

बेलायतको केपीएमजीका प्रमुख अर्थशास्त्री याएल सेल्फिनले बेलायत अझै बैंक अफ इङ्ल्याण्डले दिएको लक्ष्यभन्दा धेरै पछि रहेको र यसलाई सन् २०२० मा सन्तुलनमा ल्याइने उनले बताए ।

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगस्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको तथ्याङ्कमा उल्लेख छ।

बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो। “विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ।”

रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो।

बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२।० प्रतिशत देखिएको छ।

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ।

बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा बिदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *