कतारको राष्ट्रिय दिवसमा नेपाली समुदायको पनि सहभागिता

डिसी नेपाल
३ पुष २०७६ १६:४२

दोहा ।  कतारले बुधवार आफ्नो राष्ट्रिय दिवस मनाएको छ। कतारको परम्परा, संस्कृती, सैन्य शक्ति सँगै १२ औँ  राष्ट्रिय परेडको साथ देशभर  विभिन्न कार्यक्रम गरेर राष्ट्रिय दिवस मनाएको हो ।

दोहाको कर्नेसनमा एयर आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै अन्य सरकारी निकायले परेड देखाएका थिए । त्यस्तै, सैन्य तथा युद्ध विमानहरूको प्रदर्शन पनि गरिएको थियो ।

कतारका विभिन्न शहरमा भएका  कार्यक्रमहरूमा नेपाली समुदायको पनि सहभागि भएका थिए । विभिन्न स्थानमा वर्षाका कारण कार्यक्रम स्थगित समेत हुन पुगे पनि उनीहरु निकै उत्साहित थिए । एनआरएनए कतारले परेडमा सहभागी नेपाली समुदायको नेतृत्व गरेको थियो ।

कतारले  १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहम्मद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *