नेवा अर्गनाईजेसन अफ् अमेरिकाले “योमरी पुन्हि” ११४० मनायो
डिसीनेपाल
वाशिंगटन डिसी – नेवा अर्गनाईजेसन अफ् अमेरिका एनओए को आयोजनामा योमरी पुन्हि ११४० मनाईयो।
यही डिसेम्बर १५ तारिख शनिबारका दिन वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको ग्रिनबेल्ट स्थित विन्डसर कम्युनिटी सेन्टरमा आयोजित योमरी पुन्हि कार्यक्रममा एनओए का कार्यवाहक अध्यक्ष यज्ञमान शाक्यले नेवा बालबालिकाहरुलाई योमरी कसरी बनाउने भन्ने बारे तालिम दिएका थिए।

अमेरिकामै जन्मेका बालबालिकाहरुलाई योमरी तालिम दिईसकेपछी उपस्थित सबैले योमरी खाने कार्यक्रम भएको थियो।

अमेरिकाका बिभिन्न राज्यहरुमा नेवा अर्गनाईजेसन अफ् अमेरिका एनओएका च्याप्टरहरु छन् र सात समुन्द्र पारी अमेरिकामा पनी नेवा संस्कृतीको संरक्षण र सम्बर्धन गर्न बिगत १८ बर्ष २००२ देखी एनओए सक्रिय छ संस्थाका पुर्ब अध्यक्ष रामलाल श्रेष्ठले डिसीनेपाललाई भने।

No ads found for this position

डिसी नेपाल
Facebook Comment