राजकुमार ह्यारी र मेगनले यस बर्षको क्रिसमस क्यानडामा मनाउने

डिसी नेपाल
६ पुष २०७६ ६:२२

बेलायत । बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने भएका छन् ।

क्रिश्चियन धर्मावलम्बीहरुको सवैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर उनीहरु क्यानडा जान लागेका हुन् ।

सुरक्षाको कारण र निजी भ्रमण भएकाले उनीहरुको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतले जनाएको छ। उनीहरुले यसलाई “गोपनीयताको सम्मान”का रुपमा पनि व्याख्या गरेका छन्।

उनीहरु यसअघि पनि बेला बेलामा क्यानाडा जाने गर्नुभएको र त्यसैको निरन्तरता स्वरुप यो भ्रमण हुन लागेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *