नेपाल भ्रमण वर्षः टिपर र ट्रकमा भ्रमण वर्षको लोगो

डिसी नेपाल
१५ पुष २०७६ ८:५५

काठमाडौँ । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ।

नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउन उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय टिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँलगायतले देशभर रहेका सबै टिपर तथा ट्रकमा भ्रमण वर्ष अङ्कित लोगो टाँसिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *