नेपाल पत्रकार महासंघ युएईको नयाँ नेतृत्वमा खनाल

डिसी नेपाल
१५ मंसिर २०७६ १२:४९

युएई। नेपाल पत्रकार महासंघ युएई शाखाको नयाँ नेतृत्वमा लक्ष्मण खनाल चयन भएका छन् ।

गएको शुक्रबार सम्पन्न शाखाको पाँचौँ अधिवेशनले खनालको नेतृत्वमा ९ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघराज सापकोटा, सचिवमा मोहन बस्याल, सहसचिवमा राम ढुङेल र कोषाध्यक्षमा माधव न्यौपाने चुनिएका छन् ।

त्यस्तै  सदस्यहरूमा राम कुमार परियार, हरि दुलाल, पृथीछक बुढा र खिमलाल पाण्डे रहेका छन्।

अधिवेशनबाट राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी, सल्लाहकारमा हरि नेपाली र एकेन्द्र बहादुर थापा चयन भएका छन् ।

अधिवेशनको लागि प्रमुख अतिथिका रुपमा महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य युएई आएका थिए । अध्यक्ष आचार्यले नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ खुवाउँदै बधाई दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष  खनालले नयाँ पत्रिका राष्ट्रिय दैनिकको लागि युएई प्रतिनिधिको रुपमा काम गर्दै आएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *