एचआइभीबाट बच्न जनचेतना आवश्यक

डिसी नेपाल
१५ मंसिर २०७६ २०:१७

विराटनगर । एचआइभी (एड्स) सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सघाउ पु¥याउएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी आज यहाँ सम्मानित भएका छन् ।

मोरङ प्रहरीले एचआइभी सङ्क्रमणविरुद्ध चलाएको अभियानबाट पाँच हजार मानिस लाभान्वित भएको तथा दैनिक २५ देखि ३० लाई यस अभियानमा सहभागी गराउँदै आएको छ । यस्तै बालबालिकाको हक, अधिकार तथा संरक्षणमा खेलेको भूमिकाप्रति उपरीक्षक अधिकारीलाई सिविनले पनि सम्मान गरेको थियो । एकतीसौँ अन्तर्राष्ट्रिय एड्स दिसको अवसरमा प्रदेश नं १ स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय मोरङद्वारा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्तरुपमा अधिकारीलाई सम्मान गरेका हुन् । मन्त्री घिमिरेले जान वा अन्जानमा सङ्क्रमण हुने यो रोगबाट बच्न युवामा व्यापक जनचेतना फैलाउनुपर्ने धारणा राखे । उनले समयमै सर्तक रहन सक्यो भने प्राणघातक रोगबाट बच्न सकिने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले कुलतमा फसेका युवामा यस्ता रोगको सङ्क्रमण बढ्ने खतरा भएकाले अभियन्ताले यस्ता समूहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *