सत्यावती बाढी पीडितका लागि गुल्मी समाज यूकेको १५ लाख सहयोग

डिसी नेपाल
१६ मंसिर २०७६ ११:०६

लण्डन । गुल्मी समाज बेलायतले सत्यावती बाढी पीडितका लागि सहयोग गरेको छ । यहाँ कार्यरत रहेका गुल्मेलीहरूले गएको साउनमा विनाशकारी बाढीपहिरोमा परेर घरबार गुमाएका सत्यवती गाउँपालिका वडा नं ३ का बासिन्दालाई पुनर्वासको व्यवस्थाको १५ लाख नेपाली रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

समाजका अध्यक्ष टोप पल्लीले शनिबार स्थानीयवासीको सहभागितामा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

समाजले १५ लाखको लागतमा तीनवटा घर निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *