जापानमा आफ्नै साथीलाई कुटपिट गर्ने २ नेपाली युवती प्रहरी हिरासतमा

डिसी नेपाल
१६ मंसिर २०७६ १२:२२

काठमाडौँ । अध्ययनका लागि जापान गएका ३ नेपाली छात्राले आफ्नै नेपाली साथीलाई कुटपिट गरेका छन् । कुटपिटबाट सुनिता पौडेल नाम गरेकी नेपाली छात्राको नाकमा गम्भीर चोट लागेको छ ।  उनीहरु चारै जना एउटै कोठामा बस्दै आएका थिए।

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार गत नोभेम्बर २६ तारिख मंगलबार साईतामा नजिक रहेको टोक्यो फूकोसी दाईगाक्कोमा अध्यनररत सुनितालाई सँगै बसोबास गर्ने आफ्नै तीन जना साथीले मरणासन्न हुने गरी  कुटपिट गरेका थिए।

कुटपिटमा संग्लन तीन जना ओमोतेनासी जापानी स्कुलमा अध्ययनरत थिए । साईतामाको तोडा हस्पिटलमा उपचाररत पौडेलको नाक, जिउ र आँखामा गहिरो चोट लागेको छ।उनको नाकको शनिबार सफल अप्रेसन भएको छ,भने आँखामा लगाइएको पट्टि पनि फुकाइएको छ ।

पीडित सुनितकाअनुसार सँगै कोठामा बस्ने उरुशा लामा, शोभा गुरुङ र यानु गुरुङले कुटपिट गरेका हुन्।  कोठामा फोन गर्दा ठूलो स्वरले बोलेको सामान्य विवादमा भएको झगडाले उग्ररूप लिएपछि कुटाकुट भएको बताइएको छ ।

कुटपिटमा संग्लन उरुशा लामा, शोभा गुरुङलाई प्रहरीले खाबुगुची चौकीको थुनामा राखेको  छ । त्यस्तै यानु गुरुङलाई भने छोडिसकेको छ ।

कुटपिटमा संलग्न यानु गुरुङले भने सामान्य झगडामा कुटपिट भएता पनि सुनितालाई आफूले मरणासन्न हुने गरि नपिटेको बताएकी थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *