मलेसियाको जोहरबारुमा अवैधानिक नेपालीहरूलाई दूतावासले कन्सुलर सेवा दिने

डिसी नेपाल
१६ मंसिर २०७६ १४:२९

मलेसिया । नेपाली राजदूतावास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरूलाई दूतावासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले आगामी डिसेम्बर ८ तारिख आइतबारको दिन मलेसियाको जोहरबारु राज्यमा यात्राअनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने भएको छ। गएको आइतबार पेनाङमा पनि यो सेवा उपलब्ध गराएको थियो।

मलेसिया सरकारले अवैधानिक विदेशी श्रमिकहरूलाई आममाफी दिई स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’को लागु गरेको छ । सोही कार्यक्रमलाई लक्षित गरि पेनाङमा  यात्रा अनुमतिपत्र सेवाहरू प्रवाह गर्न लागेको दूतावासले जनाएको छ।

मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा  लिइरहेका छन् । यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ।

सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।

जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय  र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ ।  उक्त सेवा लिन राहदानी वा नेपाली नागरिकताको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *