दूतावासद्वारा ३१ हजार कामदारको माग प्रमाणीकरण

डिसी नेपाल
१७ मंसिर २०७६ १८:५०

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।

दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २ सय १ श्रमिक माग भएको ९ सय ६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो । नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ ।

औद्योगिक क्षेत्रका १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १ सय ८३, कृषि क्षेत्र एक हजार ४ सय ७५, ‘प्लान्टेसन’ १ हजार ३ सय ९७ र निर्माण क्षेत्रमा माग भएका १ हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ । मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *