विभिन्न कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाइयो

डिसी नेपाल
१७ पुष २०७६ १६:०६

काठमाडौं। ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार देशैभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ। राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतिघरमा सद्भाव र्याली निकाली दिवस मनाएको छ।

महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए। उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताए।

त्यस्तै सह–संयोजक श्याम बजगाईले राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य नेपालको औपचारिक पोशाकको रुपमा सरकारले घोषणा गरी सिंगो नेपालीहरुको पहिचान विश्वसामु पुर्याउनु रहेको बताए। उनले नेपालको एक मात्र साझा पोशाक जसले हिमाल पहाड र तराईमा बस्ने सबै समुदायको प्रतिनिधित्व गर्ने भएकाले दौरा, सुरवाल, टोपी र गुन्यूचोली राष्ट्रिय पोशाकको रुपमा स्थापित भएको बताए।


राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *