अञ्जुको ‘ठेकीभित्र मदानी’सार्वजनिक, केकी र विजुको नृत्यमा यस्तो बन्यो भिडियो
काठमाडौं। ‘ठेकीभित्र मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा सुमग संगीतकी चर्चित गायिका अञ्जु पन्तको स्वर छ। अञ्जुलाई गायनमा गायक गगन सरगमले साथ दिएका छन्। उनका ‘तिम्रो मनको माझमा’, ‘प्रेमको भिखारी’, ‘शकां नगर’ जस्ता गीत लोकप्रिय छन्।
‘ठेकीभित्र मदानी’ गीतमा ‘म त मर्छु क्यारे’जस्तो गीतका श्रष्टा निम संगीतले गाउँघरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन्।
ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सन्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको गीतको शब्द रचना गरेका हुन्।

सुब्रतराज आचार्यको निर्देशन रहेका गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छिन्। सुरेश बसेलको कोरियोग्राफीमा नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment