पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा

डिसी नेपाल
२९ पुष २०७६ २२:३१

चिप्लेढुङ्गा । स्कूल अफ ह्याप्पिनेसका संस्थापक एवं मन अनुसन्धानकर्ता हरि सिटौलाले पुरुषमा भन्दा १० गुणा बढी न्यूरोन महिलामा हुने भएकाले तिनसँग असाधारण क्षमता हुने बताएका छन् । लायन्स क्लब अफ सेती गण्डकीको आयोजना एवं हङकङ ब्युटी इन्ष्टिच्यूटको संयोजनमा आज पोखरामा भएको महिला सशक्तीकरण एवं उत्प्रेरणामूलक एकदिने तालीमका प्रमुख प्रशिक्षक सिटौलाले प्राकृतिक रुपमा महिला निकै शक्तिशाली भए पनि सामाजिक रुपमा कमजोर बनाइएको बताए । उनले भने, “महिलाले आत्मविश्वासबाट आफ्नो क्षमतालाई उजागार गरेर अघि बढ्न सके असाधारण सफलता हासिल गर्न सक्ने छन् ।”
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्राकृतिक रुपमा महिला क्षमतावान् भए पनि सामाजिक रुपमा कमजोर चित्रण गरेर तिनको क्षमताको अवमूल्यन गरिएको बताए । अर्का प्रदेशसभा सदस्य एवं तालीमका संयोजक मीना गुरुङले महिलाले कसैको दवाव र प्रभावबाट नभई आफ्नो स्वविवेक प्रयोग गरेर अघि बढ्न सके हरेक क्षेत्रमा सफल हुने धारणा राखे । कार्यक्रममा लायन्स क्लव अफ सेती गण्डकीका अध्यक्ष सुभद्रा श्रेष्ठ, को चिफ एडभाइजर सुचित्रा थापा, डिपार्टमेन्ट चिफ मिलन थापा, जोन चियरपर्सन पुष्पा आचार्यलगायतले तालीमबाट आफूभित्रको ऊर्जालाई जगाउन सके सफल हुने बोध तालीमबाट भएको अनुभव सुनाए । तालीममा क्लबका सदस्य एवं सौन्दर्य पेशामा आबद्ध ७० महिलाको सहभागिता रहेको क्लबका सचिव सोभी खड्काले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *