मुगुमा जिप दुर्घटना हुँदा सातजना घाइते

डिसी नेपाल
३ माघ २०७६ १६:०५

मुगु। मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ७ कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सोही गाँउपालिकाको सिपतर्फ आउदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउसो १ बजे सडकबाट अन्दाजी ४५ मिटर तल खसेर दुर्घटना भएको हो।

घाईते हुनेहरुमा सोरु गाँउपालिका गिलाहा गाँउकी दलना बम, बन्जाह गाँउका र्धमबहादुर मल्ल, लिब्रु गाँउकी कमला शाही, नुवाकोट गाँउकी दर्शना देबी शाही, राष्ट्रिय बाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आचार्य, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बस्याल रहेको छन्।

घाईतेहरुलाई घटना स्थालबाट ट्याक्टरद्वारा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्राथामिक उपचारका लागि सिप गाँउमा रहेको स्वास्थ्य केन्द्रमा ल्याई उपचार भैरहेको अनमि सरिता शाहीले फोन मार्फत जानकारी गराएकी छन्।

घाइतेहरुलाई थप उपचारका जिल्ला ल्याउन गमगढीबाट जिल्ला अस्पतालको एम्बुलेन्स पठाइएको प्रहरी नायव उपरिक्षेक भुवनेश्वर साहले बताए।

घाइते मध्य कमला शाही बाहेक अरु ६ जनालाई गम्भीर चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मी शाहीले बताएकी छन् ।

जिप र्दुघटना भएको स्थान मुगु जिल्ला सदरमुकाम गमगढीदेखि सवारी साधनमा ३ घण्टाको दुरीमा रहेको छ।

जिप मालिक छायानाथ रारा नगरपालिका वडा नम्बर १ का रमेश कुमार मल्लले जिपको सम्पुर्ण ब्यभार क्रेताले लिने गरी सोरु गाँउपालिका वडा नम्बर ११ का शैलेन्द्र मल्ललाई केही महिना अगाडि बिक्री गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *