स्वचालित सौर्य बत्ती जडान

डिसी नेपाल
३ माघ २०७६ १८:४८

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिएका छन् । उज्यालो मेयर कार्यक्रमअन्र्तगत नगरपालिका क्षेत्रका बजार क्षेत्र चोक, चौराह र सार्वजनिक स्थलमा गरी ४२ पोलमा स्वचालित प्रविधिमा आधारित सौर्य बत्ती जडान गरिएका हुन् ।

सौर्य बत्ती जडान गर्न नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु ४० लाख भन्दाबढी रकम खर्चेको छ । पूर्वपश्चिम राजमार्गका सार्वजनिक स्थानमा ३९ र वडा नं ७ को कलुवापुर बजार क्षेत्रमा तीन सौर्य बत्ती जडान गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए । उनका अनुसार सौर्य बत्ती जडान भएपछि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रातिका बेला हुने सवारी दुर्घटनाका घटनामा कमी आउनुका साथै अवान्छित क्रियाकलाप नियन्त्रणमा आएको छ । स्थानीय बासिन्दालाई बत्तीकै कारण आवतजावत गर्नसमेत सहज भएको छ ।

आव २०७६÷७७ मा नगरपालिकाका सबै वडामा शेन्सरयुक्त स्वचालित बत्तीको व्यवस्था गर्न योजना तयार गरिएको छ । योजनाअनुसार नगरपालिका भित्रका सबै सार्वजनिक क्षेत्र, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण क्षेत्र, चोक, चौराह र बजार क्षेत्रमा बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाइने नगरप्रमुख हमालले जानकारी दिए ।

शेन्सरयुक्त बत्ती दिउँसो आफै निभ्ने र राति हुनासाथ आफैँ जल्ने हुन्छ । बत्ती बाल्न र निभाउन कसैको जरुरत पर्दैन । स्वचालित शेन्सरयुक्त बत्ती जडानका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकालाई उज्यालो नगरपालिकाका रुपमा चिनाउन कार्य अगाडि बढाइएको नगरप्रमुख हमालको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *