अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा

डिसी नेपाल
४ माघ २०७६ १३:४०

काठमाडौं। अकुपाई टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ।  अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो।

शनिबार ‘हामी नबिर्सौ नाम दिएर फोटो प्रदर्शनी गरिएको हो। अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो।

काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भएपनि सम्बन्धित निकायले उठाएर लगेको बताए। खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठी विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने भन्दै ध्यानाकर्षण गराए।

प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए।

सांस्कृति र राजनीतिक महत्व बोकेको टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन मा आएका छन्। भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुंडिखेल मासिँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *