माल्टा र आयरल्याण्डमा भ्रमण वर्ष शुभारम्भ

डिसी नेपाल
४ माघ २०७६ २०:५७

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपाली राजदूतावास लण्डनको संयोजनमा गैरआवसीय नेपाली संघ, माल्टामा रहेका नेपाली संघसंस्थाको सहभागितामा एक भव्य कार्यक्रमबीच शुभारम्भ भएको छ ।

बेलायत राजदूत डा.दुर्गाबहादुर सुवेदीले आफूले काम गरेको संस्थाबाट केवल एक जना मात्रै पर्यटक पठाउन सके पनि बेलायतबाट पठाउन लक्ष्य राखिएको एक लाख पर्यटक पठाउन सजिलै पु¥याउन सकिने बताए। माल्टाको यातायात विभागसँगको समन्वयमा नेपाल भ्रमण वर्ष झल्किने विभिन्न पोष्टरहरु गाडीमा टाँसेर ¥याली निकालिएको थियो । समारोहमा माल्टाका मेयर मार्गरेट ब्लाचिनो केफीको उपस्थिति थियो । उनले भ्रमणको लागि नेपाल उपयुक्त गन्तव्य रहेको हुँदा सबैलाई एक पटक नेपाल भ्रमण गरी दिनुहुन अनुरोध गरेका थिए । माल्टाबाट सगरमाथा आरोही तारमोनाले आफू सगरमाथा चढ्दाका अनुभव सउनु भएको थियो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का तर्फबाट राजु अर्यालले दूतावाससँग मिलेर कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गरेका थिए भने दूतावासका द्वितीय सचिव लव सुवेदीले भ्रमण वर्ष अङ्कित टोपी वितरण गरे ।

यसैगरी, बेलायतको उत्तरी आयरल्यण्डमा पनि एक कार्यक्रमका बीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाली राजदूतावास लण्डनको समन्वयमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् आयरल्याण्डको सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको थियो । उक्त समारोहमा आयरल्याण्डमा भएका विभिन्न संघसंस्थाका अध्यक्ष, व्यवसायीका साथै कर्क, लिम्रिक, गल्वे, कार्ल तथा पोर्तलिज आदि शहरबाट आएका सयौँ नेपाली सहभागी थिए ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गठित २१ सदस्य रहेको मूल समितिको पनि आधिकारिक रुपमा घोषणा गर्दै दूतावासका तर्फबाट तृतीय सचिव तेजेन्द्र रेग्मीले नेपाल भ्रमण वर्ष सफल पार्न दूतावासबाट आवश्यक सहयोग दिन कुनै कसर बाँकी नराख्ने र नेपाली समुदाय जहाँ रहे पनि आफ्नो देशप्रतिको माया ममता देखाइराख्ने हुँदा यहाँबाट नेपालमा पर्यटक पठाउन अनुरोध गरे । बेलायतबाट कम्तीमा एक लाख पर्यटक पठाउने गरी गत हप्ता लण्डन दूतावासमा गरेको घोषणालाई यहाँ आयरल्याण्डमा रहेका नेपालीले साकार पार्न पनि उनले सबैसँग अनुरोध गरे।

गैरआवासीय नेपाली संघका तर्फबाट मिलन छन्त्यालले भ्रमण वर्षलाई सफल पार्न के कसरी काम गर्न सकिन्छ भनेर तयार पारेका विभिन्न कार्यक्रमको खाका प्रस्तुत रे। उनले गत ३१ डिसेम्बर २०१९, ‘न्यू इयर इभ’ मनाउन डब्लिनमा जम्मा भएका लाखौँ आइरिस तथा विदेशीको अगाडि भ्रमण वर्ष २०२० को लोगो अङ्कित टोपी र ब्यानर बोकेर ¥याली निकालिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *