संस्कृति र प्रकृतिको भरमा मात्र पर्यटन वर्षको घोषणा भएको विज्ञहरुको भनाई

डिसी नेपाल
५ माघ २०७६ २१:३४

काठमाडौं । संस्कृति र प्रकृति छ भन्दैमा नेपालमा पर्यटक आउँछन भन्ने विश्वास गर्न नहुने विज्ञहरुले बताएका छन् । आइतबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा पर्यटन विज्ञहरुले पर्यटकिय पूर्वाधारको विकास नगरिकन संस्कृति र प्रकृतिको भरमा मात्र पर्यटन वर्षको घोषणा गरिएको बताएका हुन् ।

पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठले नेपालमा संस्कृति र प्रकृति छ भन्दैमा पर्यटनको विकासको सम्भावना छ भन्नु गलत हुने बताए । उहाँले संस्कृति र प्रकृति पर्यटनको लागि सुरु विन्दु भएकोले त्यस क्षेत्रमा आकर्षण गर्न मनोरन्जनात्मक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले भने ‘पहिलो प्रश्न नेपालमा पर्यटनको सम्भावना छ की छैन ? कसले छैन भन्छ, किन छ भन्छ भने सगरमाथा छ, लुम्बीनी छ जनकपुर छ हाम्रोमा के छैन । तर, मलाई सोध्नुभयो भने म छैन भन्छु । त्यो कसरी सुरु गर्छ भन्ने संसारमा पर्यटन विकास र पर्यटन गन्तव्य हेर्नुहोस समुन्द्रमा छैन की पहाडमा छैनकी जंगलमा छैनकी मरुभुमिमा छैन की कहाँ छैन् ।

जस्तोसुकै ठाउँमा पनि पर्यटन विकास भएको हामी पाउँछौं। तसर्थ हामीकहाँ संस्कृति र प्रकृति छ भन्दैमा पर्यटनको विकासको सम्भावना छ भन्नु गलत हुन सक्छ । त्यसकारण त्यो सुरुको विन्दु हो । त्यसलाई पर्यटकीय उपज र बिजनेसमा प्रस्तुत गर्नको लागि त्यतिले पुग्दैन । सगरमाथा पहिला पनि थियोे, अहिलेपनि छ पछिपनि हुन्छ । पहिला पर्यटक थिए अहिले पनि छन भोलिपर्सि हुन्छ कि हुँदैन । तसर्थ त्यो भौतिक वस्तुहरु जहाँजहाँ जेजे छ त्यसमा गतिवधिहरु कस्ता गतिविधि मनोरन्जनात्मक गतिविधिहरु विकास गर्न सक्छौं की सक्दैनौं दोस्रो प्रश्न हो ।’

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका प्रध्यापक सागरराज शर्माले सुखि नेपाली निर्माणमा पर्यटनको योगदान नरहेको बताए । उनले पर्यटन क्षेत्रले समृद्ध नेपालमा केही सहयोग गरेपनि सुखि नेपाली निर्माणमा सहायोग पु¥याएको छ कि छैन अध्ययनको विषय भएको बताए ।

त्यतै, प्रध्यापक शर्माले भिजिट नेपाल २०२० भनेपनि यो एकवर्ष मात्र सिमित नहुने भएकाले सरकारले दिर्घकालिन योजना बनाएर पर्यटनको विकास र प्रवद्र्धन गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायीहरुले भने नेपाल पर्यटनका लागि महँगो मुलुक भएको बताएका छन् । पर्यटन व्यवसायी डा. लेखनाथ भण्डारीले नेपालका कतिपय ठाउँको भ्रमण गर्न लाग्ने टिकेट नै महँगो भएको बताए । उनले पर्यटकहरु वस्तुको मूल्यका कारण पनि निरुत्साहित हुने गरेको बताए । उनले ३ सय रुपैयाँ पर्ने वस्तुलाई ३ हजार रुपैयाँमा विक्री गर्दा पर्यटकहरुले ठगिएको महसुस गर्ने भएकाले सरकारले पर्यटकलाई विक्री गर्ने वस्तुमा आचारसंहिता जारी गर्नुपर्ने बताए । पर्यटन व्यवसायी ईरा प्रसाईले सरकारले पर्यटन व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धका लागि सहयोग नगरेको बताइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन पूवार्धारको विकासमा सरकारले तिब्रता दिएको बताए । उनले नेपालमा सबै सिजनमा पर्यटनको अवसर भएकाले पनि पर्यटनको विकासको सम्भावना उच्च रहेको बताए । मन्त्री भट्टराईले नेपालमा जस्तो सुरक्षित पर्यटन दुनियाँमा कहिं नभएको दावी समेत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *