माघ १२ मा सभामुखको निर्वाचन
फाइल तस्वीर
काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख चयन सम्बन्धि कार्यकातालिका तोकिएको हो। प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको हैसियतमा सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकको अध्यक्षता गरेका थिए।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
उपसभामुख शिवमायता तुम्बाहाम्फेले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा पदबाट राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरेका हुन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि उनले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको छ।
सभामुखका लागि सत्तारुढ दल नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सभामुख चयन भएपछि उपसभामुख पनि चयन हुने छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment