कार्यालय प्रमुख बिहीन भएका छन् मुगुका सरकारी कार्यालयहरु

डिसी नेपाल
९ माघ २०७६ १७:०९

मुगु । हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरु यति बेला कर्मचारी विहिन भएका छन् । कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यलय कर्मचारी विहिन बनेका हुन ।

जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो ।

प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरिकता, राहदानि, नाबालक परिचयप्रत्र लगायतका सेवा लिन जिल्ला प्रशाशन कार्यलय पुग्ने सेवा, विभिन्न सिफारिसहरु लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरु निराश भएर घर फर्किने गरेका छन ।

नागरिताका लागि बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका नाम नबताउने एक सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भए पनि प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भने पछी निरास भएर फर्किएको बताए ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि सुरक्षा गोष्ठिको कामले जिल्ला छोडे पछी जिल्ला प्रशासन कार्यालय मुगु प्रमुख विहिन बनेको छ ।

पत्रकारको टोली बिहीबार २ बजे जिल्ला प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अबस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए ।
अख्तियारी प्राप्त कर्मचारी नुहुँदा सेवा ग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताए ।
जिल्ला प्रशासन कार्यालयमात्र हैन अन्य सघिय तथा प्रादेशिक कार्यालयका प्रमुख नहुँदा ती कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन ।

सघिय मातहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यलय,नापी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय, खाने पानी सिचाइ तथा उर्जा विकास कार्यालयमा प्रमुख छैनन् ।

सघिय तथा प्रादेशिक मातहतमा रहेका कार्यालयका प्रमुख नहँुदा सेवा ग्र्राहीको काममा बाधा भएको छ । अत्तियारी प्राप्त नभएका कर्मचारीहरु अफिसमा आउने घाम तापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *