विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट माथि राखौँ : उपसभामुख घर्ती

डिसी नेपाल
१४ माघ २०७६ १७:००

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न प्रदेश सरकारले प्राथमिता दिने बताएकी छन्।

मध्यपश्चिम विश्वविद्यालयद्वारा मंगलबार आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट टाढा राख्न आग्रह गरेकी हुन् । विज्ञान तथा प्रविधि सङ्कायका डीन डा देवबहादुर खड्काले प्राज्ञिक थलोलाई आजको युग सुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।

छात्रा एकता समाजका सल्लाहकार तिर्सना हमालले विश्वविद्यालयको संस्थागत विकासको जिम्मेवारी सबैको काँधमा रहेको औँल्याइन्। छात्रा एकता समाजका अध्यक्ष ममता खत्रीले प्रशासन, शिक्षक, विद्यार्थी र कर्णाली प्रदेश सरकारको सहकार्य विश्वविद्यालयको गतिविधि अघि बढाउनुपर्ने सुझाव दिइन्। विश्वविद्यालय स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले शुल्क घटाउनुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *