कविता – “बिर्खे आज उठ्दै उठेन”

डिसी नेपाल
१५ माघ २०७६ ९:५२

कविता

“बिर्खे”

घडीले बिहानको नौ हानी सक्यो
बिर्खे आज उठ्दै उठेन
रवीबारको दीन आकाश धुम्म छ
लाग्छ सूर्य अझै गर्भ मै छ
बिर्खे आज उठ्दै उठेन ।

गुचुमुच्च साडीको फेरो मिलाउँदै
तामे गाग्री घीसारेर आमा भन्नु हुन्छ
हैन पँधेरा जानु पर्ने,
लाजको मर्नु, आधा दीनसम्म
बिर्खे आज उट्दै उठेन ।

कात्ती परेको कछाड सेतो थियो या कालो
पत्तो छैन बा लाई हिलै हिलो जिउ भर
माना खाएर मुरी उब्जाउने बेला
भुटभुटाउदै भन्नु हुन्छ
बिर्खे आज उट्दै उठेन ।

रन्थमाईलो छ, लथालिङ्ग छ
नसोरीएको भकारो कन्ठी भैंसी सिंगोरी खेल्दैछ
दिउँसो जोत्ने हल गोरु ढुटो आउने आशमा
खोर भित्रको बाख्रा आजादीको नारा लाउँदै छन् सायद
तर किन बिर्खे आज उठ्दै उठेन ।

आमा गुन्यू सुर्केर माथी बुईगल चड्नु भो
लेग्रो तानेर कंकटले चाल्नी भाको छातिबीच
कराउँदै आमा भन्नुहुन्छ, हैन आज उठ्नु पर्दैन ?

घ्याँच्च ढोका धकेलेर
ढोका खुल्यो तर बिर्खेको निन्द्रा खुलेन
बिर्खे आज उट्दै उठेन ।

बिर्खे सुन्दैन या आमालाई टेर्दैन
हैन उ त ज्ञानी थियो ज्वरो आयो कि
खस्रा हात आमाको बिर्खेको गाला मसार्दै
बाबु उठ के भो तंलाई तर पनि
बिर्खे आज उट्दै उठेन ।

बिर्खे सुत्यो सुतेको सुत्यै भो
अब उठ्दैन उ भगवानले निन्द्रामै उठाएछन क्यार
आमा छाती पिट्न थालीन, बा लडबडिये मडारीए
छर छिमेक सोहोरिए गाउँ भर हल्ला भयो ।

सायद बिर्खे सुन्दैछ बोल्न खोज्दैछ
ढाडस दीदैछ बालाई आमाको आँसु पुछ्दैछ
तर यो हुन सक्दैन बिर्खे नफर्किने यात्रामा छ
उ मौन छ गाउँ स्तब्ध छ दिन धुम्म छ
बिधीको बिधान हुने हार दैब नटार
अब बिर्खे उट्दै उठ्दैन ।

अमर देब बास्तोला, टोकियो, जापान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *