फोक्सोमा धुम्रपानले पुर्‍याएको क्षति निको पार्ने चमत्कारी क्षमता

डिसी नेपाल
१६ माघ २०७६ १२:२३

बीबीसी । हाम्रो फोक्सोमा धुम्रपानका कारण पुगेको क्षति आफै निको पार्ने चमत्कारी क्षमता हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

तर फोक्सोको चमत्कारी काम धुम्रपान त्यागेपछि मात्रै सम्भव हुने उनीहरूले बताएका छन्। यसअघि फोक्सोमा क्यान्सर गराउने क्षति स्थायी प्रकृतिको हुने सोचिएको थियो।

तर नयाँ अध्ययनले क्षति नपुगेको कोषहरूले क्षतिग्रस्त कोषहरूलाई निको पार्न सहयोग गर्ने पाइएको छ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार फोक्सोसँग धुम्रपानका कारण भएका आनुवंशिक क्षति निको पार्ने जादुमयी क्षमता हुन्छन् जुन धुम्रपान त्यागेमा सम्भव हुन्छ।

क्षति नभएका फोक्सोका थोरै कोषहरूले फोक्सोका क्षतिग्रस्त कोषहरूलाई निको हुन सघाउने त्यो अध्ययनबाट थाहा भएको छ।

चालिस वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने बिरामीहरूमा समेत यस्तो सकारात्मक प्रभाव देखिएको छ।

फोक्सोको क्यान्सरको जोखिम

अनुसन्धानकर्ताहरूले धुम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने बताएका छन्।

स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले हामीसँग भने, ‘हामीले यस्तो नतिजा आउँछ भनेर विश्वासै गरेका थिएनौँ।’

सुर्तीमा भएका हजारौँ रसायनले हाम्रो फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। फलस्वरूप ती स्वस्थ कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्।

अनुसन्धानकर्ताहरूले फोक्सोका कति प्रतिशत कोष पुरानै रूपमा फर्कन सक्छन् भनेर आकलन गर्न बाँकी नै छ।

ब्रिटेनमा हरेक वर्ष ४७ हजार मानिसमा फोक्सोको क्यान्सर हुने गरेको छ। तीमध्ये झन्डै तीन चौथाइ धुम्रपानका कारण हुने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *