सुर्खेतमा टिपर आतंकः चालकलाई किटानी जाहेरी दिने सहमति

डिसी नेपाल
१६ माघ २०७६ १७:३५

सुर्खेत। मंगलबार टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि तीनदिनसम्म भएको उग्र प्रदर्शन बिहीबार स्थानीय प्रशासनसँग सहमति भएसँगै स्थगित भएको छ। पीडित र प्रशासनबीच बिहीबार ५ बुँदे सहमति भएको छ।

पीडितका आफन्त, टिपर मालिक र प्रशासनबीच बिहीबार भएको पाँचबुदे सहमतिपछि आन्दोलन फिर्ता भएको हो।

टिपर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकोले निजलाई हदैसम्मको कारवाहीका लागि किटानी जाहेरी पीडित पक्षले दिने र कानूनी कारवाहीका लागि अगाडि बढाउने, पीडित पक्षलाई कानून बमोजिम क्षतिपुर्तिका लागि तत्काल प्रक्रिया बढाउने सहमति भएको छ।

पीडितको परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार, कर्णाली प्रदेश र घटनालाई लिएर भएको आन्दोलनको क्रममा घाइतेहरुको उपचारका लागि कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय र सम्वन्धित निकायमा समेत अनुरोध गर्ने।

साथै लास पोष्टमाटमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको र आजै पोष्टमाटम गरेर सदगदको लागि पीडित पक्षले बुझी लिने र घटनालाई लिएर भएका सम्पूर्ण विरोधका कार्यक्रम बिहिबार फिर्ता लिई स्थितिलाई सामान्य तुल्यान सबै पक्षले पहल गर्ने समति भएको छ ।

पीडितका आफन्त, टिपर मालिक हरि बिसी र प्रशासनबीच सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमफिर्ता भएका छन्।

पीडितका मागहरुको सम्बोधन गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन र यातायातका साधन ठप्प पारेका थिए। आन्दोेलनकाक्रममाप्रहरीको लाट्ठीलागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएकाथिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *