दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु चार घाइते

डिसी नेपाल
१६ माघ २०७६ १९:२१

सुर्खेत। दैलेख जिल्लाको महावु गाउँपालिका ६ लामिडाडाँमा बिहीबार साझ चट्याङ लागरे एकजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

चट्याङ लागेर घाइते भएकी ३३ वर्षीया निर्मला कामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमो मृत्यु भएको हो। घाइते भएकी कामीलाई उपचारका लागि अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

उनले चट्याङ लागेर महावु गाउँपालिका–६ का ३० वर्षीया मनिसा विक, २९ वर्षीया झुपा विक २७ वर्षीया कोपिला विक २१ वर्षीय नवराज कार्की घाइते भएको बताए।

उनका अनुसार घाइतेहरू समान्य उपचारपछि घर फर्काएका छन्। मृतक कामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको प्रहरी निरीक्षक साउदले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *