चोरी भएको शिलालेख फेला

डिसी नेपाल
१७ माघ २०७६ १७:०४

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ । पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिए ।

स्थानीय मीनकली रावतको बारीमा रहेको शिलालेख परापूर्वकालदेखिको भएको वडा नं ६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताए । शिलालेख वडाध्यक्षको जिम्मा लगाएर फोटो पुरातत्व विभागमा पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *