भ्रमण वर्ष सफल पार्न सक्रियताका साथ लाग्न आग्रह
काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कलाकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै क्षेत्रबाट सक्रियताका साथ लाग्न आग्रह गरेका छन् । भ्रमण वर्ष सफल बनाउने उद्देश्यले प्रेमपूर्ण प्रताप फाउण्डेशन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले भ्रमण वर्ष सफल तुल्याउन विभिन्न सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्नेमा जोड दिए ।
उनले भ्रमण वर्ष सफल बनाउन वर्तमान सरकार गम्भीर भएर लागिपरेको बताउँदै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्न त्यहीअनुसार काम गरिरहेकामा विश्वास व्यक्त गरे। उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकाले प्रत्येक नागरिक र सरोकारवालाले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
हास्यकलाकार श्रीकृष्ण सिम्खडाले कलाकारको माध्यमबाट भ्रमण वर्ष सफल पार्नका लागि देशव्यापी रुपमा कार्यक्रम भइरहेको जानकारी गराउन्दै राज्यले पनि कलाकारलाई उचित सम्मान दिनुपर्नेमा जोड दिए । सामाजिक अभियन्ता पुण्य गौतम, अधिवक्ता प्रवीन प्रधान र फाउण्डेशनकी उपाध्यक्ष शान्ति श्रेष्ठले भ्रमण वर्ष सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान आग्रह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment