कर्णालीमा एक लाख पर्यटक भित्राउँछौं : मन्त्री बुढा

डिसी नेपाल
१९ माघ २०७६ ११:१०

सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा कर्णालीमा मात्रै एक लाख पर्यटकलाई भित्राउने जनाएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षमा कर्णालीमा एक लाख पर्यटक भित्राउने बताए।

कर्णाली प्रदेशका सयौँ पर्यटकीय गन्तव्यहरू रहेको भन्दै एक लाख बढी पर्यटक सहजै आउने बताए । पर्यटकका लागि पूर्वाधार, होटेल र होमस्टेहरुको सञ्चालन प्रचारप्रसारमा सरकार केन्द्रीत रहेको मन्त्री बुढाको भनाई छ।

प्रर्यटन बोर्डको पहिलो पठकमा मन्त्री बुढाले कर्णालीका सबै जिल्लामा पर्यटकमैत्री वातारण बनाउने बताए । यसैबीच मन्त्री नन्दसिंह वुढाको अध्यक्षतामा कर्णाली प्रर्यटन बोर्ड गठन गरिएको छ।

बोर्डको सदस्यहरुमा डोल्पाका बबी किशोर गुरुङ्ग, जुम्लाका ललितजङ्ग महत, मुगुका अदान सिंह कार्की, जाजरकोटका वेदवहादुर शाही, कालिकोटका मर्मजङ्ग बम, दैलेखका विष्णुप्रसाद शर्मा, रुकुमपश्चिमका पहलसिंह घर्तीमगर, हुम्लाका लोकवहादुर हमाल र लैकु लामा, सुर्खेतका चिन्तामणी शर्मा र सल्यानका इश्वरी बुढाथोकी रहेका छन् ।

बोर्डको पदेन सदस्यमा मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *