उद्योग वाणिज्य संघ सल्यानद्वारा बजार सरसफाइ

डिसी नेपाल
२१ माघ २०७६ १२:२३

सुर्खेत । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगर सल्लिबजारमा रहेको उद्योग वाणिज्य संघ सल्यान शाखाले उक्त बजार वरपर सरसफाइ गरेको छ।

मंगलबार विहान ८ बज्ये देखि बजार सरसफाइ कार्यक्रम बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरि, वडाध्यक्ष शान्त कुमार यरि, ईलाका प्रहरी कार्यलय सल्लिवजारको टोलि, नेपाली सेना, उद्योग बाणिज्य संघले समग्रमा सरसफाई गरेको हो।

उद्योग बाणिज्य संघ सल्यानका उपाध्यक्ष भुपाल साहु, राजनीतिकदलहरु, बजारवासि र विभिन्न निकायका व्यक्तिहरुको उपस्थितिमा बजारको सरसफाइ गरिएको हो ।

उद्योग वाणिज्य संघ सल्यानको ९ औं साधारण सभा तथा रजत जयन्तीको अवसर संगै परेकाले उक्त समयलाई मिलाएर बजारको सरसफाइ कार्यक्रम गरिएको संघका उपाध्यक्ष भुपाल साहुले जानकारी दिए ।

त्यसै गरि बजार सरसफाइमा सहभागीलाई जनवन्धु पोलिकिल्निक सल्लिवजारले ५० वढि माक्स वितरण गरि सहयोग गरेको छ ।

साथै सरसफाई टोलीले आगामी दिनमा बजारमा जथाभावी फोहर नफाल्न समेत सचेतिकरण गराएको छ । जथाभावि फोहर–मैला गर्ने व्यक्तीलाई जरिवना लाग्ने चेतावनी समेत दिएमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *